sabita sapkota. Powered by Blogger.
आऊ मिलाऊ हाम्रा हातहरु ।।



उकालीमा लड्दै हुर्कें
पहाडसँग माया बस्यो
लुकामारी खेल्दै बढे
हिमालसँग साइनो जुटयो
तिम्रो जस्तो समथर भुगोल थिएन नि हाम्रो
आज हिड्न नजानेर झगडाको मुल फुटयो ।

नाच्न सिकें उकालीमै
गाउँन थाले गित
रोदी धाउथे कहिले काही
थियो आप्mनै रित
वर्खा यामको मौसमजस्तै प्रतिकुल भयौ तिमी
अनुकुल हुँदा म बिरुवाको जरा टुटयो ।

जान्दिन थें तिम्रो भाषा
मेरो थैली बन्द किन ?
नेपाली नै बोल्न सिकें
 मेरो डाहा गर्ने किन ?
तिम्रो नजिक नाका थियो
मेरो नजिक पहाड
बन्द गर्यौ तिमीले नाका
जाने बाटो बिचमै टुट्यो ।

एकैछिनमा रिसाई हाल्ने
तिम्रो प्रवृती
हेपाहा बोली अनि बेग्लै संस्कृती
हावा पनि तातो लाग्ने तिम्रो भूमीमा
धोती लाउन नजान्दा
पहिरनमै मेल टुटयो ।

धेरै ठूलो संघर्षले जारी भाको संविधानमा
आँखा गाड्यो छिमेकीले
आन्दोलन चर्काएर
सोझा जनता मार्यौ तिमीले
बन्द गर्यौ स्कुल अनि कल कारखानाहरु
नाकाबन्दी तिम्रै कारण अनि
देशबिग्रार्ने हामीहरु ?

हेप्न खोज्ने तिमी आफै पहाडीया भनी
गुनासो नि आफैं गर्ने विभेदमा परें भनी
खोई कसरी बन्छ यो देश यस्तो पाराले ?
कहिले अन्त्य हुन्छ विभेद यस्तो पाराले ?

लौन हजुर यो देशमा यस्तो शक्ति चाहिएको छ
शोषक अनि सामन्तिको अन्त्य हुन जरुरी छ
देशलाई माया जति गर्छु तिमी पनि उस्तै गर्छौ
झगडा होइन, दुबै मिली अब विकास गर्नुपर्छ ।।