नसा
नसाकाे पिजाडामा रम्दै छ उ
दलदल हिलाेमा जम्दै छ उ ।
कसैलाई माया गर्याे अाफू भन्दा बढि
त्यसैकाे परिणाम भाेग्दै छ उ ।
न समाज भयाे अाफ्नाे न साथी रहे
सुईकाे साहारामा भुल्दै छ उ ।
सुकेकाे हागाजस्तै हुदा पनि शरिर
निष्टुरीलाई सम्झेर झुल्दै छ उ ।
हुदा पनि छिया छिया अाफ्नै शरिर
बाचु कि मरु भनी डुल्दै छ उ ।
बिष लाग्छ उसलाई अरुकाे उपदेश
अाफ्नै जीवन नसामा लुटदै छ उ ।
नसाकाे पिजाडामा रम्दै छ उ
दलदल हिलाेमा जम्दै छ उ ।