हजुरआमा
सेतै फुलेको केसमा
न मन छ कालो मेहेन्दी लगाउन
न त रातो , खैरो कलरले सजाउन
रहरहरु केहि छैनन
केबल मन छ
सन्तानको खुशिमा रमाउन ।
जवानी रित्तियो
सकिए रहरहरु
बिरामी ज्यान
चाउरिएका गाला
हातको लठ्ठी
केबल उनको सहारा
छ भाई छोरा भएपनि
बसेनन उनका साथ
घरजम गरे , सहर पसे
केबल रहयो दुई मुठ्ठी सास ।
चाडबाड आउँदा आउँछन्
छोरा , नाति
गदगद हुदैं गफ गर्छिन
पिडिको डिलमा बसि
आशा छ बुढेसकालको लाठि
बनोस कोहि
सँधैभरी छेउमै बसि
पीर व्यथा चुमोस कोहि ।
मनभरी मखमली फुलाउँछिन उनी
आफ्ना गाथा सुनाउँछिन उनी
घरमेला, घास पातमै
बित्यो सारा जीवन
उकाली , आरालीमै सकियो हरेक प्रहर
भिर, पाखा भयो उनको सगरमाथा चढने रहर ।।
तिनै हातले जोडिन
सबको भाग्य रेखा
अपहेलित भयो भन्छिन्
गाउँको खेत , पाखा
मन छैन सहर पसि
होहल्लामा बस्न
केबल चाहाना
तिनै भिरपाखामा
मितेरी लगाउन ।।