नजर जुधेपछि....
उसलाई हेरेकै दिनदेखि हाे
मैले अाफैलाई विर्सिएकाे
कल्पनाका खम्बाहरुमा
उसँग हिड्दै गर्दा हाे
मैले बाटाे विर्सिएकाे ।
पाइलैपिच्छे फरक गन्तव्य
भेटन थालेकाे त्यही दिनदेखि हाे ।
सुर्य अाफ्नाे घरमा
अाराम गर्न गएका बेला सुटुक्क
छिरेकाे हाे उ मेराे मनभित्र ।
एकातिर मनले हजाराै तर्कनाहरु उमारिरहदा
अर्काेतर्फ प्रमिल स्पर्सहरुमा
रम्न थालेकी हुँ
उसँग चिनजान भएपछि
उसकाे नजरमा अाफ्ना नानी हालेर
हेर्न थालेकी हुँ संसार
याे विचित्रकाे संसार ।
नरम बाेलीमा पग्लिएर
खाेलेकी हुँ अाफ्ना मनकाे झुपडीमा
लुकेर बसेका अनगिन्ती रहरहरु
बुद्द , जिजस, शिव, गणेश सबैलाई भुलेर
उसलाई नै भगवानकाे अवतारमा
देख्न थालेकी हुँ
अाकाशमा टहटह जुन लागेेकाे रात
उ मेराे घरमा छिरेदेखि
उसलाई नै सपनीमा पुज्न थालेकी हुँ ।
फिक्का लाग्न थालेकाे हाे
वरिपरिकाे वातावरण
अवराेध अाएकाे हाे दैनिकीमा
उसँग नजर जुधेकाे दिनदेखि ।
कठाेर भनेर राखिएकाे अाफ्नै मनपनि
नाैनीझै पग्लेर समथर भूगाेल बनेकाे हाे
एेना हेर्दापनि उसकै रुप
देख्न थालेकी हुँ उसलाई हेरेकाे दिनदेखि ।